हेटौंडामा नेपथ्य लाइभ कन्सर्ट हुने

तामसालिङ खबर
८ भाद्र २०७९, बुधबार ०७:२३

भदौं, हेटौंडा – मकवानपुरको हेटौंडामा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरूङको लाइभ कन्सर्ट हुने भएको छ ।

हेटौंडा–९ लामसुरेधाप स्थित मानवसेवा आश्रमले आफ्नो आश्रमको विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षय कोष स्थापनाको लागि देशको प्रमुख शहरहरुमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरूङलाई लिएर ‘मानवताको लागि सङ्गीत’ कार्यक्रमहरु गर्ने कार्यक्रम अन्तर्गत हेटौंडामा पनि कन्सर्ट गर्न लागेको हो ।

हेटौंडाको भुटनदेवी चौरमा मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्ट हुन भएको छ । मंसिर १६ गतेबाट पुष १६ गतेसम्म एक महिना देशको १० प्रमुख शहरहरुमा ‘मानवताको लागि सङ्गीत’ कार्यक्रमको तयारी सुरु भएको छ ।

मंसिर १६ गते शुक्रबार बिराटनगरमा, १९ गते विरगंजमा, २२ गते हेटौंडामा, २५ गते नारायणगढमा र मंसिर २९ गते नेपालगंजमा कार्यक्रम तय गरिएको छ । यसैगरि, पुष ३ गते धनगढीमा, ६ गते सुर्खेत, ९ गते बुटबल, १२ गते पोखरा र पुष १६ गते काठमाडौमा हुने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*