किर्तीमानी शम्भू तामाङको स्मृतिमा स्मारिका प्रकाशन
भदौ, काठमाडौं – किर्तीमानी आरोही दिवंगत शम्भू तामाङको स्मृतिमा ‘स्मारिका’ प्रकाशन गरिएको छ । तामाङ रिमठिम पर्यटन सञ्जालले प्रकाशन गरेको सो स्मारिका एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
पूर्व रक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, बागमती प्रदेश उपसभामुख राधिका तामाङ, रिमठिमका अध्यक्ष अमर बमजन तामाङले स्मारिका सार्वजनिक गरेका हुन् ।
क्यान्सरका कारण आरोही शम्भू तामाङको गत असार २३ गते हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । सिन्धुपाल्चोकको ह्रिस्याङगोमा जन्मिनुभएका तामाङले सन् १९७३ मे ५ को दिन १७ वर्ष ६ महिना १५ दिनको हुँदा सगरमाथा सफल आरोहण गर्नुभएको थियो ।
तामाङले सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए ।







