तामाङ राष्ट्रिय मुक्ति मोर्चा मकवानपुरको असोज पहिलो सातामा जिल्ला सम्मेलन हुने
भदौ, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनबर्गीय संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल मकवानपुरको जिल्ला भेला बुधबार हेटौडामा सम्पन्न भएको छ । भेलाले जिल्ला सम्मेलन सम्पन्न गराउन पार्टी जिल्ला समन्वय समिति सदस्य आत्माराम मोक्तानको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।
हाल दुइ पालिका मनहरी र बकैयामा मोर्चा गठन भैसकेको छ। भने बाकी ८ वटा स्थनीय तहमा यही भदौ महिनाको मसान्त सम्ममा कमिटि गठन गर्ने निर्णय गरेको छ भने असोजको पहिलो सातामा जिल्ला सम्मेलन गरि सक्ने निर्णय गरेको छ । प्रदेश र संघको चुनाव नजिकै गर्दा माओवादी केन्द्रले आफ्नो भातृ संगठनलाई सक्रिय बनाईरहेको छ ।
नेकपा माओवादी केन्द्रको पोलिटीब्युरो सदस्या कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टीका बागमती प्रदेश कमिटिका सचिवालय सदस्य बीरबहादुर घलान (ज्वाला), तामाङ राष्ट्रिय मुक्ति मोर्चा ३ नं प्रदेश संयोजक सोमबले तामाङ (अक्कल), सचिब लिलाकुमार घलान, पार्टीका जिल्ला सचिव भिमबहादुर पाख्रिन, लगायतका मोर्चाका नेता कार्यकर्ताहरु उपस्थित रहेको थियो ।






