हेटौंडामा कानुन विपरित बनाइएको संरचना हटाइने
भदौ, हेटौडा – काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले नक्सा पास नगरि निर्माण गरिएका र पार्किङका लागि पास भएका स्थानमा पसल व्यवसायलाई भत्काउने कार्यलाई तिव्रता दिइएका छन् । ३५ दिने सुचना जारी गरि केही दिनदेखी उनी कडा सुरक्षाका साथ मैदानमा उत्रेका छन् । उनले उक्र कार्यको चौतर्फि समर्थन पनि पाइरहेका छन् ।
मेयर बालेनले गरेको यस कदमबाट अन्य जिल्लाका प्रमुख शहरहरुमा पनि अवैध रुपमा निर्माण गरिएका सडक पेटिका संरचनाहरु भत्काउने तयारीमा रहेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरले पनि यस विषयमा चासो राख्न थालेको छ । लामो समयदेखी सडक विस्तारको विवाद रहदैं आएको हेटौंडामा दशैतिहार पछि सडक विस्तारको तयारीमा हेटौंडा उपमहानगर पालिका रहेको बुझिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले कानुन विपरित बनाइएको संरचना हटाइने बताएकी हुन् । मुख्य सडकको छेउमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरुको ३५ दिने सुचना प्रकाशन गरि काम सुरु गरिने मेयर लामाले बताइन् । मेयर लामाले अब उपमहानगरले ३५ दिने सुचना प्रकाशन गर्ने र कानुन विपरित बनाइएको संरचना नहटाइएको पाइएमा उपमहानगरले मेशिन प्रयोग गरि हटाउने बताइन् ।
२५ मिटर सडक चौडा बनाउन अदालत सँग पनि समन्वय गरिसकेको उनले बताइन् । पार्किङको लागि पास गरि घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, भाडामा बस्ने र आउने ग्राहकका लागि सवारीसाधन राख्ने प्रयोजनका लागि पार्किङको व्यवस्था समेत नगरेमा कानुनी कारवाही गरिनुका साथै पसललाई हटाउने समेत बताइन् ।






