मंगोलियन टिचर्स ग्रुपद्वारा चेपाङ प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

तामसालिङ खबर
१५ भाद्र २०७९, बुधबार ०७:५२

भदौ, हेटौडा (मनहरी) – मकवानपुरको मनहरीमा रहेको मंगोलियन टिचर्स ग्रुपले मनहरी वडा नम्बर ४ स्थित चेपाङ प्राविमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

ग्रुपले महिलाहरुको चाड तीजको अवसरमा उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरिएको हो ।

पछिल्लो समयमा तीज तथा अन्य चाडपर्वको नाममा आवश्यकता भन्दा फजुल खर्च गरि समाजमा नकरात्मक सन्देश प्रवाह भइरहेको समयमा मंगोलियन टिचर्स ग्रुपले अभाव झेलिरहेका बनकारिया, चेपाङ तथा तामाङ समुदायका बालबालिकालाई केहि मात्रमा भए पनि सहयोग होस भन्दै शैक्षिक सामाग्री सहयोग गरिएको ग्रुपका लीला उर्वशीले बताईन ।

तामाङ, चेपाङ तथा वनकरियाका समुदायका बालबालिका अध्यन गर्ने बिद्यालय छनौट गरी शैक्षिक सामाग्री सहयोग गरेकोमा विद्यालयका प्रधानध्यापक राजेन्द्र न्यौपानेले धन्यबाद ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*