बुद्धचोकबाट टिपर सहित ३०५ किलो गाँजा बरामद
भदौं, हेटौडा – मकवानपुर प्रहरीले हेटौंडाको बुद्ध चोकबाट लागुऔषध गाँजा ३ सय ५ किलो बरामद गरेको छ ।
शुक्रबार बिहान २:४० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरको पिकेट डिउटीले थानाभर्याङबाट बुद्धचोक तर्फ आउदै गरेको ना ८ ख १७३८ नंबरको टिपरलाई शंका लागेर रोकेर चेकजाँच गर्ने उक्त गाँजा बरामद गरेको हो ।
कार्यालयका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले उक्त टिपरको पछाडी रातो त्रिपालले छोपेको अवस्थामा १२ वटा बोरामा ३०५ किलो गाँजा बरामद भएको र टिपर रोकेर चालक फरार रहेको बताए । टिपर चालकको खोजि कार्य र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






