लागूऔषध गाँजासहित दुई युवक पक्राउ
भदौ, हेटौडा – लागूऔषध गाँजा सहित मकवानपुरका दुई युवक पक्राउ परेका छन् । बारा जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित आइतबार बिहान दुई युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंङ र सोही गाउँपालिका-१ चकरी बस्ने २० वर्षीय सुभाष लामा रहेका छन् ।
हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ६९०६ नम्बरको मिनीट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाएर ल्याएको उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।






