न्वागीको अवसरमा बागमती प्रदेशको ३ जिल्लामा २२ गते सार्वजनिक विदा
भदौ, हेटौंडा – बागमती प्रदेश सरकारले यहीँ भदौं २२ गते बुधबार तिन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा भदौ २२ गते प्रदेशको मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार एक सुचना प्रकाशित गर्दै उक्त कुराको जनकारी गराएको हो ।
सरकारको गत चैत्र ९ गतेको निर्णय अनुसार न्वागीको अवसरमा विदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अघि उक्त पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले सार्वजनिक बिदा दिदै आएको थियो ।






