नेपाल चेपाङ संघको केन्द्रिय अध्यक्षमा गोविन्दराम चेपाङ विजयी

तामसालिङ खबर
२४ भाद्र २०७९, शुक्रबार १३:३४

भदौं, चितवन – नेपाल चेपाङ संघको पाँचौ महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा गोविन्दराम चेपाङ विजयी भएका छन । अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी भएका हुन । गोविन्दरामले १ सय २३ मत प्राप्त गरे भने सुनिमायाले ९२ मत प्राप्त गरे ।

यस्तै, संघको बरिष्ठ उपाध्यक्षमा बिलबहादुर चेपाङ १ सय १५ मत सहित बिजयी भएका छन । अर्का प्रत्याशी कृष्ण बहादुर चेपाङले ८१ मत प्राप्त गरे । उपाध्यक्षमा सुमित्रा चेपाङ १ सय २३ मत सहित, महासचिवमा सन्तबहादुर चेपाङ १ सय १६ मतसहित बिजयी भए । सचिवमा सुरेन्द्र चेपाङ १ सय १९ मतसहित र भरतलाल चेपाङ्ग १ सय १२ मतसहित बिजयी हुँदा कोषाध्यक्षमा भने आइतलाल चेपाङ सर्बसम्मत विजयी भएका छन ।

त्यस्तै गरि, केन्द्रिय सदस्यहरुमा मकवानपुर, धादिङ, तनहुँ, गोर्खाबाट सर्बसम्मत निर्वाचित भएको थियो । चितवनबाट ७ जना केन्द्रिय सदस्यको लागि निर्वाचन भएको थियो । त्यस्तै नवनिर्वाचित अध्यक्ष चेपाङ संबिधान सभा सदस्य पनि हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*