हेटौडामा किरात देवास राईको पाचौं राष्ट्रिय सम्मेलन सुरु
भदौ, हेटौंडा – हेटौंडामा किरात देवास राई उत्थान समाजको पाँचौ राष्ट्रिय सम्मेलन सुरु भएको छ । आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण गरौं, जातिय उत्थानमा सहभागि बनौं भन्ने नाराका साथ हेटौंडामा सम्मेलन सुरु भएको हो ।
दुई दिन सम्म चल्ने राष्ट्रिय सम्मेलनको बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजाले उद्घाटन गर्नु भएको थियो। देशभर विभिन्न जिल्लामा बसोबास गर्ने देवास राईहरुको सहभागिता रहेको छ ।
किरात देवास राई उत्थान समाजका केन्द्रीय अध्यक्ष आसमान राईको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिब जनक राई, केन्द्रीय सल्लाहकार प्रेम राई, किरात देवास राई उत्थान समाजका मकवानपुर अध्यक्ष कृष्णबहादुर राई लगायतकाको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय सम्मेलन भोली आइतबार सम्म चल्ने आयोजकले जनाएको छ ।






