दबाबका कारण कास्की बिद्यार्थी घेदुङ्गको अधिबेशन स्थगित

भदौ, कास्की (पोखरा) – नेपाल तामाङ घेदुङ कास्की जिल्ला समन्वय समितिको दबाबका कारण बिद्यार्थी घेदुङको जिल्ला अधिबेशन अनिश्चितकालको लागि स्थगित भएको छ।
गत साउन ४ गते बसेको बैठकले यहि भदौ २५ गते जिल्ला अधिबेशन गर्ने भनि तयार भएको कार्यक्रम घेदुङको समन्वय अध्यक्ष मानबहादुर तामाङले बिद्यार्थी घेदुङलाई जानकारी नदिई फेसबुकमा कार्यक्रमको तयारी नपुगेको र अर्को सुचना नआउदा सम्म स्थगित गरिएको भनि बिज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, जिल्ला अध्यक्ष तामाङले बिद्यार्थी घेदुङका रेशम स्याङ्गबोलाई बारम्बार फोन गरि अधिबेशन स्थगित गर्न दबाब दिएको बिज्ञप्तिमा उल्लेख छ।