थाहा नगरको बज्रबाराहीमा अस्थायी प्रहरी चौकी स्थापना
भदौ, हेटौडा (थाहा नगर) – उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर ६ स्थित बज्रबाराहीमा अस्थायी प्रहरी चौकी आइतबार उद्घाटण गरिएको छ ।
दशकौ समयदेखी स्थानियको मागलाई मध्यनजर गर्दै चौकी स्थापना गरिएको हो । आइतबार एक कार्यक्रमको बिच मकवानपुर जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बामदेब गाैतमले चौकीको उद्घाटन गर्नुभएको हो ।
थाहा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको सभाध्यक्षता तथा प्रहरी प्रमुख गौतमको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा नेकपा एमालेला नेता बिष्णु ढकाल, कल्पना बलामी, नेपाली कांग्रेस नेतृ इश्वरी शाही ठकुरी, नगर सभापती प्रमोद कृष्ण जोशी, नेकपा समाजबादीका इश्वरलाल रुम्बाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस थाहा नगरका सभापती प्रमोद कृष्ण जोशीले दशकौ देखिको उदेश्य प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै चौकी स्थापना मात्रै महत्वपुर्ण बिषय नभएको पनि बताउनु भयो । जोशीले प्रहरीलाई इङ्गित गर्दै प्रहरीको प्रहरी मेरो साथी भन्ने नाराले वास्तबमै सार्थकता पाउनुपर्ने बताउनु भयो ।
बज्रबाराहिमा विभिन्न बित्तिय सस्था, बैंक, सहकारी , बजारक्षेत्र रहेकोमा सम्पुर्ण निकायले प्रहरी सुरक्षाको अनुभूति प्रत्यक्ष गर्न पाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख गौतमले थाहा ६ का वडाअध्यक्ष श्रेष्ठसङ्ग भेट भएको डेढ महिनामै चौकी स्थापनाको गरेको बताउदै चौकीलाई स्थायी बनाउन स्थानीयनै सक्रिय हुनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै थाहा ६ का वडाअध्यक्ष श्रेष्ठले आफुले चुनाबमा जनतासंग गरिएको प्रतिवद्दता अनुरुप जनताको सेवा र सुरक्षाको लागि चौकी स्थापना हुनु अपरिहार्य रहेको ठान्दै आफुले इलाका प्रहरी कार्यालय पालुङ्गको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुर संग समन्वय गरेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु, बित्तिय सस्थाका प्रमुखहरु बिध्यालयका प्रधानाध्यापक तथा स्थानियको उल्लेखिय सहभागिता रहेको थियो ।






