कलाकार दीप सागरको निधन
भदौ, काठमाडौं – कलाकार दीप सागरको निधन भएको छ । सागरको सोमबार बिहान मध्य बानेश्वर स्थित भेनस अस्पतालमा निधन बिहान साढे ७ बजे निधन भएको उनका नजिकका साथी हास्य कलाकार शेरबहादुर गुरुङले जानकारी दिए ।
नेपाली कला क्षेत्रमा मोडल, छायाँकार, निर्देशकको अलवा श्रृङ्गारका रुपमा चिनिएका सागरको पहिले वीर अस्पतालमा र त्यसपछि भेनेसमा उपचारका लागि पुर्याइएको थियो । सुगर तथा मृगौला रोगबाट पिडित उनको उपचारकै क्रममा निधन भएको हो ।
फिल्म ‘नमस्ते डोल्पा’ मा नायकको भूमिकामा निर्वाह गरेका सागरले लोकगीत ‘बेनीको बजार’, ‘झरनाको त्यो चिसो पानी’, ‘हिउँ पर्यो फुरुरु’, ‘मेरो घान्द्रुक गाउँ’, ‘हङकङ आइडीले’ लगायत दर्जनौ म्युजिक भिडियो अभिनय तथा सय बढी म्युजिक भिडियो निर्देशन गरेका छन् । सागरको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।






