बागमती प्रदेश सरकारले संविधान दिवस तिन दिनसम्म मनाउने

तामसालिङ खबर
२७ भाद्र २०७९, सोमबार २१:३६

भदौ, हेटौंडा – बागमती प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने भएको छ । दिवसको अवसर पारी सरकारले तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको    हो ।

प्रदेश सरकारले २ गते हेटौंडा उपमहानगरको समन्वयमा नगर क्षेत्र, कार्यालय परिसर लगायत मठमन्दिर र सार्वजानिक स्थलमा सरसफाइ गरिने, सञ्चार रजिष्ट्रार, पत्रकार महासंघ मकवानपुरको समन्वयमा सञ्चार माध्यममा परिसम्वाद, विशेष सम्वाद, विचार गोष्ठी कार्यक्रम गरिने, दिवसको दिन संविधानसँग सम्बन्धित लेख, रचना अनलाइन तथा छापा माध्यमहरुमा प्रकाशन गरिने, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा विभिन्न खेलकुद कार्यक्रमहरु छ ।

त्यस्तै, ३ गते दिवसको दिन पर्यटन मन्त्रालयको संयोजनमा सहिदको आत्माको चीर आत्माका लागि धार्मिक स्थलहरुमा विशेष पुजापाठ र प्रार्थनाको कार्यक्रम गरिने, प्रादेशिक विविधता झल्किने गीत, नृत्य, झाँकी, सुरक्षाकर्मीको मार्चपास सबैको उपस्थितीमा भुटनदेवी माविबाट प्रभातफेरी गरीने, सबै सरकारी कार्यालय, विद्यालय, संघसंस्थाहरुमा दीपावली गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

४ गते भने विषेश कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने जनाइएको छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले पाण्डेकै संयोजकत्वमा मुल समारोह समिति तयार पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*