प्रधानमन्त्रीको सवारीलाई ओभरटेक गर्न खोज्ने व्यक्ति काे हुन् प्रदीपकुमार लामा
भदौ, काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार बेलुकी पुतलीसडकमा एउटा कार्यक्रम सकाएर बालुवाटारस्थित निवासतर्फ जाँदै थिए । सेना र प्रहरीका स्कर्टिङ सहित बालुवाटार पुग्नै लाग्दा एउटा निजी कारले अस्वाभाविक गतिविधि देखायो ।
सेना र प्रहरीका स्कर्टिङसहित बालुवाटार निवास जान लाग्दा एक कारले इमर्जेन्सी लाइटसमेत बालेर ओभरटेक गर्न खोजेको थियो ।
इमर्जेन्सी लाइटसमेत बालेर उक्त कारले सवारीलाई ओभरटेक गर्न खोजेपछि सुरक्षाकर्मीले चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए । इमर्जेन्सी लाइट बाल्नुको कारणबारे सोध्दा उनले जवाफ दिए, ‘प्रधानमन्त्रीको पछि हिँडेका गाडीहरुले पनि बालेका थिए, त्यसैले अगाडि जान पाइएला भनेर बालेको हुँ ।’
प्रधानमन्त्रीको सवारी प्रभावित तुल्याउन खोज्ने निजी गाडीका चालकमाथि कुनै एक्सन भने लिइएन । फिल्डमा रहेका सुरक्षाकर्मीले ‘माथि’ सम्पर्क गरेर कुराकानी गरेपछि उनको लाइसेन्स नम्बर टिपेर यत्तिकै छोडिएको थियो ।
निजले चालकले जाने क्रममा भने, ‘यदि म प्रधानमन्त्री भएको भए आफ्नो सवारीमा यस्तो लावालस्कर हटाउने पहिलो निर्णय गर्ने थिएँ ।’
प्रधानमन्त्रीको सवारीलाई ओभरटेक गर्न खोज्ने ती व्यक्ति प्रदीपकुमार लामा हुन् । उनी सूर्य लाइफ इन्स्योरेन्समा काम गर्छन् । उनि मकवानपुरको थाहा नगरपालिका ४ को स्थायी बासिन्दा हुन्।






