हेटौँडा बजार १६-१६ मिटर फराकिलो बनाउने सरकारको तयारी

तामसालिङ खबर
२९ भाद्र २०७९, बुधबार ०७:३४

भदौ, हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा बजार क्षेत्रमा पर्ने मुख्य सडक (पूर्व-पश्चिम राजमार्ग) लाई दुबै तर्फ १६–१६ मिटर फराकिलो बनाउने तयारी गरेको जनाएको छ ।

मंगलबार पत्रकार मुख्यमन्त्री कार्यालय परिषरमा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेल प्रदेशको राजधानी समेत रहेको हेटौँडा बजार क्षेत्रको मुख्य सडक फराकिलो बनाउने विषयमा संघिय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा पनि पोजेटिभ रहेको बताए ।

सडक फराकिलो बनाउने विषयमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष, कांग्रेस सह-महामन्त्री डिना उपाध्यय सहित आफुले प्रधानमन्त्रीलाई भेटेर छलफल गरेपछि प्रधानमन्त्री देउवा ‘कन्भिन्स’ हुनुभएको मुख्यमन्त्री पाण्डेको भनाई रहेको छ । विगत लामो समयबाट २५ मिटर विवादमा रहेको सडकको विस्तारलाई अब ढिला नगरि सुरु गरिने मुख्यमन्त्री पाण्डेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*