असोज १ गते वंशगोपाल माविको स्थापना दिवस तथा वार्षिकोत्सव

तामसालिङ खबर
२९ भाद्र २०७९, बुधबार १९:४३

भदौ, हेटौडा – मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्लेमा रहेको वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले आफ्नो ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाईने भएको छ ।

विद्यालयले आउँदो असोज १ गते विद्यालय परिसरमा ४७ औँ स्थापना दिवस तथा प्रथम वार्षिकोत्सव मनाईने भएको हो । सोही अवसरमा विद्यालयलाई सहयोग गर्ने व्यक्तिहरुलाई शैक्षिक सम्मान गर्ने तथा गत वर्षको शैक्षिक सत्रमा प्रथम, द्धितिय र तृतिय हुने कक्षा ईसीईडी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले जनाएका छन् ।

विद्यालयले यस वर्षदेखि आफ्नो वार्षिक उत्सव पनि मनाउँन लागिएको प्रधानाध्यापक मगरले बताए । प्रअ मगरका अनुसार बिहिबार र शुक्रबार विद्यालयमा विविध खेलकुद कार्यक्रम गर्ने र उक्त खेलकुद कार्यक्रमको पुरस्कार पनि सोही कार्यक्रममा वितरण गरिने बताएका छन् ।

गत वर्षदेखि विद्यालयमा प्राविधिक शिक्षाको पनि पढाई सञ्चालन भईरहेको छ । मकवानपुरगढीमा एक मात्र प्राविधिक शिक्षा पढाई हुने विद्यालय पनि हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*