संस्कृति घेदुङका पूर्वअध्यक्ष गोलेको निधन

भदौं, काठमाडौं – नेपाल तामाङ संस्कृति घेदुङका पूर्वअध्यक्ष दोर्जे तामाङ गोलेको निधन भएको छ ।
गोलेको उपचारका क्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा बुधबार राति निधन भएको संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामाले जानकारी दिनुभयो । उहाँको पार्थिव शरीर बौद्धस्थित तामाङ गुम्बामा राखिएको छ । उहाँको शनिबारमात्रै दाहसंस्कार हुने भएको छ ।
मुटुसम्बन्धी रोगले पीडित गोले पछिल्लो केही वर्षदेखि नियमित औषधि सेवन गर्दै आउनुभएको थियो । पारिवारिक स्रोतका अनुसार उहाँको करिब दुई वर्षअघि मुटुको भल्व फेरिएको थियो । गोलेका श्रीमती, एक छोरा, एक छोरी हुनुहुन्छ ।