बाल दिवसको अबसरमा मनहरी-५ मा हाजिरिजवाफ प्रतियोगिता
भदौ, हेटौडा (मनहरी) – बाल दिवसको अवसरमा सिविन नेपाल र मनहरी गाउँपालिका वडा नम्बर ५ को सहकार्य तथा वडा बाल सन्जालको आयोजनामा वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता भोजसिद्ध माध्यामिक बिधालयमा भएको छ ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी ५ नम्वर वडा अध्यक्ष दिपेन्द्र अधिकारीले मनहरी गाउँपालिकामा बालबालिकाको क्षेत्रमा लगानी हुनु अत्यावश्यक र गाउँ बाल संजाललाई बिगतका दिनदेखी नै साथ दिएर बाल अधिकारको पक्षमा आवाज उठाउदै आएको बताउनुभयो।
बालअधिकारलाई कुनै एक दिवस र नारामा मात्र सिमित गर्नु भनेका छन ।` एकदिन ठुला-ठुला स्वरले भाषण गर्दैमा र कराउदैमा आमूल परिवर्तन हुन सक्दैन।, यसको लागि स्थानी निकायले बालमैत्री संरचना र व्यवहार निर्माण गर्न अत्यावश्यक छ। , बाल सन्जाल मनहरीका अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
वडा बाल सन्जालका अध्यक्ष अन्जन सापकोटाको सभाअध्यक्ष भएको कार्यक्रममा प्रमुख अतिथी ५ नम्बर वडाका अध्यक्ष दिपेन्द्र अधिकारी, बिधालयका प्रधानाध्यापक महेस कुमार रिजाल रहनुभएको थियो । कार्यक्रममा मनहरी बाल सन्जालका अध्यक्ष आशिष् बुढाथोकी लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा सहभागी भइ प्रथम द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई बिभिन्न्न शैक्षिक सामग्री बितरण गरि पुरस्कृत गरिएको छ ।






