क्यालिवर्स सुजको मुख्य प्रायोजनमा हुने मिस मकवानपुरको तयारी पुरा, सोमबार ग्राण्ड फिनाले हुने
भदौ, हेटौंडा – नेपाली उत्पादन क्यालिवर्स सुजको मुख्य प्रायोजनमा मिस मकवानपुर सिजन ४ को तयारी पुरा भएको छ ।
कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिको आयोजनामा हुने मिस मकवानपुर सिजन ४ सौन्दर्य प्रतियोगिताको बुधबार पत्रकार सम्मेलन मार्फत असोज ३ गते सोमबार प्रतियोगिताको ग्राण्ड फिनाले हुने आयोजकले बताएका हुन् ।
प्रतियोगिताका विजेताले ताज, सत्तरी हजार नगद सहित डाइन एण्ड वाईन रेष्टुरेन्टमा रात्रिभोजको व्यवस्था, फोटो सुट, कुनै पनि विधामा आयोजक कम्पनीमा नि:शुल्क प्रशिक्षणको व्यवस्था, तीन दिनको आन्तरिक भ्रमणको प्याकेज, निशुल्क दक्ष मेकप ट्रेनिङ लगायत आकर्षक पुरस्कारहरु प्राप्त गर्ने कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिको प्रमुख सुजन श्रेष्ठले बताए ।
त्यस्तै, फस्ट रनरफले ताज, ३५ हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज सहित आकर्षक पुरस्कारहरु प्राप्त गर्नेछन् भने सेकेन्ड रनरफले ताज, २० हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज र आकर्षक पुरस्कारहरु प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक नेपाली उत्पादन क्यालिवर्स सुज रहेको छ भने सह-प्रायोजकमा सिस्टर-हुड फेसन स्टोर्स रहेको छ। प्रतियोगितामा डाइन एण्ड वाइन, एनएस सिनेमाको सहकार्यमा एजुकेसन पार्टनरको रुपमा राइट पथ रहेको, हस्पिटालिटी पार्टनर होटल सामना र बैकिंङ पार्टनरमा ज्योति विकास बैंक रहेको प्रमुख श्रेष्ठले बताए ।






