काठमाडौ महानगर बिरुद्ध ब्यबसायीहरुको प्रदर्शन

तामसालिङ खबर
३० भाद्र २०७९, बिहीबार १६:५०

भदौ, काठमाडौं – फुटपाथ तथा साना व्यवसायीहरुले काठमाडौं महानगर घेराउ गरेका छन् ।

बिहीबार नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीको नेतृत्वमा उनिहरुले महानगर कार्यालय घेराउ गरेका हुन्। विकल्पको व्यवस्थानै नगरी श्रमिकहरुलाई बेरोजगार बनाएको उनिहरुले बताएका छन् ।

उनिहरुले ‘हामीलाई गरिखान देउ, कि विकल्प देउ, कि रोजगारी देउ, सन्धाकालिन बजारको व्यवस्था गर, सडकमा व्यापर गर्ने हाम्रो रहर हैन बाध्यता हो।’ लगाएतको प्ले कार्ड बोक्दै महानगर विरुद्ध प्रदर्शन गरेका थिए ।

पछिल्लो समय काठमाडौं महानगरले अनाधिकृत रुपमा बनाइएको संरचनाहरु हटाउने अभियान चलाइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*