जय नेपाल हल परिसर खोतल्दा भेटियो, टुकुचा खोला

तामसालिङ खबर
३० भाद्र २०७९, बिहीबार १६:५४

भदौ, काठमाडौ – काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ।

आज महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो। खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो।

महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो। आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए । महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*