जिल्लाकै पुरानो नवजागृत पुस्तकालयको साधारणसभा सम्पन्न, अध्यक्षमा सुमन बिष्ट
भदौ, हेटौडा (थाहानगर) – मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा जिल्लाकै पुरानो पुस्तकालय नवजागृत पुस्तकालयले ५४ औं स्थापना दिवस तथा साधारणसभा सम्पन्न गरेको छ।
पुस्तकालयको भवनमा संस्थाका अध्यक्ष मधुसूदन रायमाझीको सभाध्यक्षमा सम्पन्न साधारणसभामा कोषाध्यक्ष राजेश केसीको आर्थिक प्रतिबेदन तथा अध्यक्षको प्रगती प्रस्तुत गरिएको थियो । कोषाध्यक्ष केसीले नवजागृत पुस्तकालयको १२ लाख १८ हजारको आय-ब्यय प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभाले सुमन बिष्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको सदस्यहरूमा जयन्ती रायमाझी, छमकला बस्नेत, अनिता बिष्ट, किशोर रायमाझी, इसाक केसी, मनोज रायमाझी, राजकुमार कार्की, शम्भु अधिकारी, बिश्वनाथ रायमाझी र सुमन रायमाझी रहेका छन ।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमानअध्यक्ष मधुसूदन रायमाझीले माइन्युट हस्तान्तरण गर्दै पुस्तकालयको जिम्मेवारी युवा पुस्ताको काधमा आएको बताउदै नयाँ समितिले थाहा नगरमा पठन सस्कृतिको बिकास गर्न कामगर्ने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा पालुङ्ग बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिब अरुण रायमाझी, बजार ब्यबस्थापन समिती शिखरकोटका अध्यक्ष मनोज रायमाझी, शिखर क्लबका सल्लाहकार यादव रायमाझी, युवा नेता बिनोद केसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
पुस्तकालय जिवित रहेको तर पाठकहरु हराइरहेकोमा चिन्ता ब्यक्त गर्दै प्लस टु तथा स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाइ पुस्तकालयमा समाबेश गर्न सके दुबै पक्षलाई फाइदा हुने बिचार ब्यक्त गर्दै नयाँ बन्ने समितिले बिस्तृत कार्ययोजना सहित अगाडि बढ्न वक्ताहरुले शुभकामना दिए ।






