काठमाडौं महानगरद्वारा डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु

तामसालिङ खबर
३१ भाद्र २०७९, शुक्रबार ०७:२८

भदौ, काठमाडौं – काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ । महानगरपालिकाले बिहीबारदेखि हटलाइन सेवा सुरु गरेको हो ।

महानगरका अनुसार संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सक्नेछन् ।

डेंगु संक्रमण नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको र यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको प्रमुख बालेन्द्र शाहले फेसबुक मार्फत जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*