संविधान दिवसका अवसरमा ७ सय २ जनाको कैद माफी

तामसालिङ खबर
३ आश्विन २०७९, सोमबार ०९:२७

असोज, कठमाण्डौ – संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ सय २ जनाको कैद माफी दिएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ७ सय २ जनाको कैद सजाय माफी मिनाहा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको सूचीमा रहेका महेन्द्रप्रसाद कानुसहित २१ जनालाई कैद सजाय माफी दिएकी हुन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशका आधारमा असल चालचलन भएका पासाङ शेर्पासहित २०३ र इन्द्रकुमार लिम्बूसमेतका ४७८ गरेर जम्मा ६८१ जनाको कैद माफी मिनाहा गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*