ज्योति लाईफद्वारा राष्ट्रिय रोटरी १५ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
असोज, हेटौडा (मनहरी) – ज्योति लाइफ इन्स्योरेन्स मनहरी शाखाद्वारा मनहरी ७ को राष्ट्रिय रोटरी माविमा अध्ययनरत १५ जना गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग वितरण गरिएको छ ।
बिहिबार एक कार्यक्रमको आयोजना गरी ज्योति लाईफले ब्याग तथा स्टेसनरी सामाग्री वितरण गर्दै ज्योति लाईफ मनहरी शाखाका प्रबन्धक ईश्वर सुवेदीेले सामाजिक उदरदायित्व अन्तर्गत आफ्नो सस्थाले गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई उक्त सामाग्री सहयोग गरिएको बताए ।
कार्यक्रममा बिद्यालयका प्रधानध्यापक गोविन्द प्रसाद पौडेलले सहयोगी दाताले आफ्नो बिद्यालयलाई छनौट गरी सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरे । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सालिकराम बाँनिया लगाएतका उपस्थित रहेको थियो ।






