हेटौडामा पहिलो पटक विद्युतीय गाडी चार्जिङ सेन्टर संचालनमा आउने
मंसिर, हेटौंडा – पहिलो पटक हेटौडामा विद्युतीय गाडी चार्ज गर्ने चार्जिङ स्टेशन संचालनमा आउने भएको छ ।
हेटौंडा ११ थानाभर्याङमा रहेको इभि कार्स एण्डस् मोटर्स हव प्रालिले चार्जीङ स्टेशन संचालनमा ल्याउन लागेको हो । मकवानपुर सहित आसपासका जिल्लाहरुमा समेत विद्युतीय सवारीको माग बढेको र यात्रीहरुको सहजताको लागि चार्जिङ सेन्टर सञ्चालनमा ल्याउन लागिएको सञ्चालक युवराज आचार्यले बताए ।
एउटा इलेक्ट्रिक गाडीको व्याट्रिको चार्ज फुल हुन लगभग ३० देखि ४५ मिनेट लाग्ने र ‘प्रति युनिट १५ रुपैंयाको दरले शुल्क लाग्ने संचालक आचार्यले बताए । गत बर्षदेखि विद्युतीय गाडी तथा स्कुटरको बिक्रि गर्दै आइरहेको उक्त सोरुमले यहि मंसिर पहिलो हप्तादेखि चार्जिङ स्टेशनको समेत सुविधा दिन लागेको हो ।






