चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन

तामसालिङ खबर
६ मंसिर २०७९, मंगलवार ०८:३७

मंसिर, चितवन – चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको मंगलवार बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको राप्ती नगरपालिका-४ सुन्दरबस्ती स्थित घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका-६ हर्दीमा बिहान करीब ५ः३० बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

विश्वकर्मा सवार ना२ ख २३८२ नम्बरको माइक्रो बसमा च्यापिएका उनलाई झण्डै २ घण्टापछि निकालिएको थियो । सडक छेउ बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा माइक्रो ठोक्किएको थियो ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । पछिल्लो समय राजधानी काठमाडौं बस्दै आएका उनी निर्वाचनमा मतदान गर्न चितवन आएका उनका भाइ भुवन विश्वकर्माले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइँदैछ ।

उनले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए । उनले सञ्चालन गरिरहेको कार्यक्रम ‘बहकिने मन’ देशभर चर्चित छ । देशका १०० बढी एफएम रेडियोबाट उनको कार्यक्रम प्रसारण हुने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*