मंसिर २९ गतेबाट प्रथम भीमफेदी-हेटौँडा–सामरी महोत्सव हुने
मंसिर, हेटौँडा – भीमफेदी गाउँपालिकामा पहिलो पटक भीमफेदी-हेटौँडा-सामरी महोत्सव हुने भएको छ । ओम शक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मंसिर २९ गतेबाट पुस १० गतेसम्म भीमफेदी १ को खोप्लाङमा महोत्सवको आयोजना हुने भएको हो ।
हेटौँडा बजार क्षेत्रमा हुने मेला महोत्सवलाई गाउँपालिकामा पनि लैजाने योजना अनुसार आफुहरुले महोत्सवको तयारी गरेको प्रालिका अध्यक्ष अजित राईले बताउनु भयो । भीमफेदी-हेटौँडाकोका पर्यटक प्रर्वद्धन, कला साहित्यको प्रचार सहित ब्यपार ब्यवसायलाई बढवा दिनको लागि महोत्सवको आयोजना गर्न लागिएको राईले बताए ।
करिब १ सय ५० देखि २ सय वटा स्टल रहने महोत्सवमा राष्ट्रिय कलाकारहरु धिरज राई, बद्री पंगेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहान लगाएतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।
मेलामा सहभागीले १ सय रुपैँयाको टिकट काटनुपर्नेछ । मेलामा बाल उद्यम, विभिन्न खेलकुद, खाना, लुगा कपडा, कृषि प्रर्दशनी लगाएका स्टलहरु रहने आयोजकले बताए ।






