राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मकवानपुरको अध्यक्षमा थिङ
हेटौँडा – राष्ट्रिय लोकदोहरी प्रतिष्ठान मकवानपुरको अध्यक्षमा रबिन्द्र थिङ निर्विरोध निर्वाचित भएका छन् । बुधबार हेटौँडामा भएको प्रतिष्ठानको आठौँ जिल्ला अधिवेशनले थिङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसतितिको प्रथम उपाध्यक्षमा चन्द्र बजगाई, द्धितिय उपाध्यक्षमा निरु खडका, महिला उपाध्यक्ष प्रतिमा अर्याल, सचीव अमर गोले, सहसचिव राजेश मंग्राती, कोषाध्यक्ष बेलबहादुर लो, सह-कोषाध्यक्ष सम्झना बिस्ट तथा प्रवक्तामा कुमार महत चयन भएका छन् ।
सदस्यहरुमा उमेश न्यौपाने, सानूकुमार तितुङ, सानू लामा, कर्ण न्यौपाने ,लालचन्द्र प्रजा सहित १९ जना रहेका छन् । सात जना पछि मनोनित गर्ने अध्यक्ष थिङले बताए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजि सस्थापक अध्यक्ष अमर विरही बरिष्ठ उपाध्यक्ष रिता थापा मगर, उपाध्यक्ष दिपक खड्का सचीव रमेश राज भट्टराई ,सदस्य सागर गुरुङ बागमती प्रदेश अध्यक्ष बासु सिंखडा ,बरिस्ठ उपाध्यक्ष बाल कुमार मल्ल लगाएतको आतिथ्यता रहेको थियो ।






