हेटौँडा अस्पतालमा पहिलो पटक सिटिस्क्यान सेवा
हेटौडा – बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एक मात्र सरकारी अस्पतालमा पहिलोपटक सिटिस्क्यान सेवा सुरु भएको छ ।
प्रदेश सरकारको सहयोगमा अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको हो ।
दैनिक ३० जना सम्म बिरामीलाई सेवा दिन मिल्ने गरी सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याइएको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए । उनले अस्पतालले छिट्टै एमआरआई सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको पनि बताए ।
नेपाल सरकारबाट ५० शैया सञ्चालन अनुमति पाएको हेटौँडा अस्पतालले अहिले तीन सय शैया सम्म सञ्चालन गर्दै आएको छ ।






