पालुङ बहुउद्देश्यीय सहकारीमा ढकालको नेतृत्व

तामसालिङ खबर
५ पुष २०७९, मंगलवार ०७:४३

पुष, हेटौडा (थाहा नगर) – मकवानपुरका जिल्लाकै उत्कृष्ट तथा सबैभन्दा धेरै सदस्य संख्या रहेको थाहा नगरपालिकामा मुख्य कार्यालय रहेको बित्तीय संस्था पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारण सभाबाट उमेश ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चुनिएको छ ।

तीन दिनको रस्साकस्सी र बृहत छलफल बाट चुनाव बेगर सर्वसम्मतबाट नयाँ कार्यसमितिको चयन गरियको हो । नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षमा अरुण रायमाझी, सचिव नवराज बिष्ट, कोषाध्यक्ष गुप्त बहादुर कार्की रहेका छन भने सदस्य हरुमा उद्द्व लामिछाने, राजन ढकाल ,सत्यदेवी स्याङ्तान, जानुका ढकाल र रिता कार्की र लेखा समिती संयोजकमा कालीचरण बस्नेत,सदस्यहरु रुपचन्द्र गोपाली तथा राजकुमार कार्की चयन भएको मुख्य निर्वाचन अधिकृत विरेन्द्र ढुंगानाले घोषणा गरेका थियो ।

आजै नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई मुख्य निर्वाचन अधिकृत बिरेन्द्र ढुंगाना तथा निर्वाचन अधिकृतहरु दिपक सिंह बिष्ट तथा सुशीलकुमार पोखरेलले पद तथा गोपनियताको सपथ गराएका छन ।

सफत ग्रहण कार्यक्रम निवर्तमान अध्यक्ष पुर्शोत्तम कार्कीको सभापतितब तथा थाहा नगरका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो सपथ ग्रहण कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको पनि आतिथ्यता रहेको थियो।

कार्यक्रममा अतिथी तथा पुर्व अध्यक्षहरुले नयाँ कार्यसमितिले पालुङ बहुउद्देश्यीय सहकारीको स्वर्णिम युग बनी सहकारी बिनिमय र एन अनुसार प्रभावकारी कार्य गरि थाहा नगरको सहकारी हरुको नेतृत्व गर्दै अभिभावकिय भुमिकामा अगाडि बढ्न सुझाव दिदै नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल जंगली, पुर्व अध्यक्ष विमलकुमार ढकाल, निवर्तमान अध्यक्ष पुर्शोत्तम कार्की ,नगर उपप्रमुख भरत गोपाली,नगर प्रमुख बिष्टले शुभकामना दिएका थियो ।

सपथ ग्रहण पछि आफ्नो प्रतिक्रिया दिदै नवनिर्वाचित अध्यक्ष उमेश ढकालले संस्थाको गरिमालाइ उच्च राख्दै व्यावसायिक पारदर्शितालाई अवलम्बन गर्दैसबै सहकारी संग हातेमालो गर्दै सहकारी आन्दोलनलाई अगाडी बढाउने प्रतिक्रिया दिए भने अध्यक्ष ढकालले आफुले सवभन्दा पहिला सहकारी सदस्यहरुको सामाजिक सुरक्षा कोष लाई उत्कृष्ट बनाउने प्रतिबद्ध गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*