बागमती प्रदेशमा पुष ८ गतेको लागि सर्वदलीय बैठक आह्वान

तामसालिङ खबर
४ पुष २०७९, सोमबार ११:०१

पुष, हेटौडा – बागमती प्रदेश सभा सचिवालयले पुष ८ गते सर्वदलीय बैठक आह्वान गरेको छ । सांसदहरूको शपथग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले शपथग्रहणअघि सर्वदलीय बैठक आह्वान गरेको हो।

निर्वाचन आयोगले बागमती प्रदेश सभाका लागि निर्वाचित सांसदहरूको अन्तिम मतपरिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाए सँगै संसद् सचिवालय सांसदहरूको शपथमा जुटेको छ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता दिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले जानकारी दिए।

‘प्रदेश सभा सञ्चालनको लागि सभाको अध्यक्षता गर्ने व्यक्ति आवश्यक पर्ने भएकाले हामीले बागमती प्रदेशका प्रदेश सभा सदस्य मध्ये जेष्ठ सदस्य पहिचान गरेका छौँ । सभामुख र उपसभामुख नहुँदाको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्थाअनुसार जेष्ठ सदस्य पहिचान गरेका हौँ,’ उनले भने।

निर्वाचन आयोगको सहयोगमा बागमती प्रदेशका ११० जना प्रदेश सभा सदस्यमध्ये जेष्ठ सदस्य पहिचान गरिएको बताउँदै सूचना अधिकारी बाँस्कोटाले सोही विषयमा छलफलका लागि आगामी पुस ८ गते सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*