निजि आवास पुननिर्माण र जीविकोपार्जन परियोजना अवलोकन

तामसालिङ खबर
३ पुष २०७९, आईतवार १८:४७

पुष, हेटौडा – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले भूकम्प प्रभावितहरुको निजि आवास पुननिर्माण र जीविकोपार्जन सम्बन्धी कार्यक्रमकोे अनुगमन गरेको छ । जिसस प्रमुख ललितबहादुर घलानको नेतृत्वमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ७ र ८ मा सञ्चालित कार्यक्रमको अवलोकन गरिएको हो ।

प्रमुख घलानको नेतृत्वमा उपप्रमुख सानुकाजी लुईटेल, सदस्य सुनिता दर्नाल, मनहरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन श्रेष्ठ, वडाअध्यक्षहरुलगायत कर्मचारीहरुले संयुक्त रुपमा कार्यक्रमको अनुगमन गर्नुभएको थियो ।

सीआरएसको आर्थिक सहयोग तथा सप्रोस नेपाल र लुमन्ती नेपालको साझेदारीमा मनहरी गाउँपालिका ७ र ८ मा भूकम्पबाट प्रभावितहरुका लागि रिकभरी परियोजना सञ्चालित रहेको छ । परियोजनाले भूकम्प प्रभावितहरुलाई लक्षित गरि दुवै वडामा निजि आवास पुननिर्माण, जीविकोपार्जन तथा खानेपानी/सिँचाई मर्मतका क्रियाकलापहरु संचालन गरेको रिकभरी परियोजनाका कार्यक्रम संयोजक महेश्वर ढकालले बताउनुभयो ।

अनुगमनका क्रममा प्रमुख घलानसहित टोलीले परियोजना संचालित क्षेत्रका लाभग्राहीसंग अन्तरकृया समेत गर्नुभएको थियो । सो क्रममा लाभग्राहीहरुले परियोजना मार्फत आयआर्जन र जीवनस्तर सुधार आएको बताएका छन् ।

सीआरएस नेपालको आर्थिक सहयोग तथा लुमन्ती नेपाल र सप्रोस नेपालको साझेदारीमा संचालित परियोजना मार्फत भूकम्पबाट प्रभावित आर्थिक तथा सामाजिक कारणले जोखिममा परेका बर्गहरुको जीवनस्तर सुधारका लागि आवास पुननिर्माणमा सहयोग, खानेपानी तथा सिंचाई योजनाहरुको निर्माणरपुननिर्माण तथा आयआर्जनमा सुधारका लागि तरकारी खेति तथा पशु पालनमा सहयोग कार्यक्रम संचालन भैरहेको छ ।

परियोजनामा आवास पुनर्निमाण तर्फ लुमन्ती नेपालले र आय आर्जनका लागि तरकारी खेति तथा पशु पालनमा सप्रोस नेपालले सहजीकरण गरिरहेको छ । परियोजना मकवानपुरको मनहरीसहित बकैया, मकवानपुरगढी, राक्सिराङ र भीमफेदी गाउँपालिकामा संचालनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*