मकवानपुरे तामाङ कलाकारहरुको बाक्लो सहभागितामा सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुने

तामसालिङ खबर
१४ पुष २०७९, बिहीबार १५:५९

पुष, हेटौडा – तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई/तावार ल्हो (खरायो बर्ष) सोनाम ल्होछारको अवसरमा मकवानपुर तामाङ कलाकार संघले ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

बिहिबार हेटौडामा पत्रकार सम्मेलन मार्फत आगामी माघ ८ गते ल्होछारको दिन हेटौडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा ‘ल्होछार विशेष वृहत साँस्कृतिक कार्यक्रम’ गर्ने भएको हो ।

तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै आएको संघले नवप्रतिभा मकवानपुरे तामाङ कलाकारहरुको कलालाई प्रोत्साहनको कार्यक्रम गर्न लागिएको संघका महासचिब रबिन्द्र थिङले बताउनु भयो ।

साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त मकवानपुरे तामाङ कलाकारहरुको सांगीतिक प्रस्तुति, तामाङ भेषभुषा सहित लामा, बोन्पो (झाक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, तामाङ भेष-भूषा र खानाका स्टलहरु रहने महासचिब थिङले बताउनुभयो ।

भाग्यशाली चिठ्ठा कार्यक्रम समेत रहेको साँस्कृतिक कार्यक्रममा प्रथम, द्धितिय र तृतीय हुनेहरुलाई पुरस्कार जिन्सी रहेको छ । सो चिठ्ठा कार्यक्रम मार्फत उठेको रकम संघको भवन निर्माणमा शुरुवात गर्न खर्च हुने महासचिब थिङले बताउनु भयो ।

कोबिड १९ कोरोना महामारीका कारण ठुला साँस्कृतिक कार्यक्रम हुन सकेको थिएन, यो पटक हाम्रो तेस्रो कार्यक्रम हो । मनोरन्जन लिन तामाङ लगायत गैर तामाङ समुदायका सबैलाई सहभागी हुन संघका अध्यक्ष धिरेन्द्र लामाले आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा संघका सल्लाहकार सानु लामा दोङ्ग, इन्द्रमान स्याङ्गतान, उपाध्यक्षद्वय अनराज मोक्तान, राधिका स्याङ्गतान, सचिब बिक्रम लुङ्गबा, कोषाध्यक्ष माया घलान, केशर सिङ मोक्तान, हेमकुमार लामा, शरण मुक्तान लगायतको सहभागी रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*