मगर बौद्ध सेवा समाजको आयोजनामा वापा/मापा तालिम शुरु
पुष, हेटौंडा – नेपाल मगर बौध सेवा समाज मकवानपुरको छैठौं वार्षिक भेला तथा वापारमापा तालिम उद्घाटन कार्यक्रम कार्यक्रम आज हेटौंडामा भएको छ ।
हेटौंडा-१२ स्थित लखन बाटिकामा सुरु भएको तालिम पुस २१ गतेसम्म सञ्चालन हुनेछ । २० जना बढि प्रशिक्षार्थी सहभागि तालिमको प्रशिक्षक धनिराम राना मगर र कृष्ण बहादुर काउछा मगरले सहजिकरण गरेका छन् । मगर समुदायको आफ्नै पुरोहित उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरिएको समाजका सचिव राजु दर्लामी मगरले बताए ।
तालिम उद्घाटन तथा भेला समाजका अध्यक्ष ज्ञान बहादुर कालिकोटे मगरको सभाध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।







