थाहा नगरको वडाध्यक्ष रायमाझीको पहलमा बेवारिसे महिलाको उद्धार

तामसालिङ खबर
१९ पुष २०७९, मंगलवार १९:५८

पुष, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको पहलमा एक बेवारिसे महिलालाई उद्धार गरी मानबसेवा आश्रम हेटौंडामा बुझाइएको छ ।

बिगत ४ बर्ष देखि वडा नम्बर ३ को कार्यालय नजिकको पाटीमा बसी कष्टकर जीवनयापन गर्दै आएकी एक महिलाको उद्धार गरि मानबसेवा आश्रम हेटौंडामा मंगलबार बुझाइएको अध्यक्ष रायमाझीले बताउनुभयो ।

अन्दाजी ६० बर्षिय महिलाको नाम, थर, परिवारजन केहि थाहा नभएको र कहाँबाट आएको भन्ने पनि थाहा नभएकोले इलाका प्रहरी कार्यालय पालुङको सहयोगमा आश्रममा बुझाईएको हो ।

अध्यक्ष रायमाझीले उद्धार कार्यमा सहयोग गर्ने मानबसेवा आश्रम हेटौंडाका प्रकाश पौडेल, इलाका प्रहरी कार्यालय पालुङ, वडा सदस्य कबिता बिष्ट लगायतलाई धन्यवाद ज्ञापन गर्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*