मनहरी बहुमुखी क्याम्पसको अध्यक्षमा ग्लान
पुष, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी बहुमुखी क्याम्पसको अध्यक्षमा निबर्तमान बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान चयन हुनुभएको छ ।
शनिबार भएको क्याम्पसको साधारण सभाले व्यबस्थापन समितिमा ग्लानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा प्रकाश बर्तौला, नवराज सुवेदी, मातृका ढुंगाना, हेमलाल उप्रेती, जयराम अर्याल, विनोद सुवेदी र ज्योति सुवेदी चयन हुनु भएको छ ।
अध्यक्षमा चयन हुनु भएपछी बोल्नु हुँदै ग्लानले सर्वदलीय र सर्वपक्षीय सहमतिमा काम गरेर क्याम्पसलाई गुणस्तरीय शैक्षिक क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विगत ४ महिनादेखी क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुकले सुरुवाती देखी नै तलब नपाएको भन्दै पेन डाउन गरेका थिए ।







