बागमती प्रदेश सरकारको प्रवक्तामा थपलिया
पुष, हेटौंडा – बागमती प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया (जेएन) लाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
मंगलबार दिउँसो बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री थपलियालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका थपलिया मगलबार नै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए ।






