थाहा पत्रकारिता पुरस्कारबाट पत्रकार अधिकारी पुरस्कृत
पुष, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुर क्षेत्रका सक्रिय पत्रकार शम्भु अधिकारी ‘अल्पबिराम’ ‘थाहा पत्रकारिता पुरस्कार २०७९’ बाट सम्मानित भएका छन् ।
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको ८९ औ जन्म जयन्ति ‘थाहा दिवस’को अवसरमा फरकसोचले थाहा पत्रकारिता पुरस्कारबाट थाहापाटी डटकमका कार्यकारी सम्पादक अधिकारीलाई प्रदान गरेको हो ।
अधिकारीले थाहा नगरमा रहेर पत्रकारिताको माध्यमबाट नगरको समग्र विकासमा सहयोग गरेकाले थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको आयोजक फरक सोचले जनाएको छ ।
प्रत्येक वर्ष पौष २६ गते थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मजयन्तीको अवसर पारेर फरक सोचले थाहा पत्रकारिता पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।






