बागमतीको माझगाउँ बजारमा ३ दिने सम्झना महोत्सब हुने
पुष, हेटौडा (बागमती) – पूर्वी मकवानपूरको बागमती गाउँपालिकामा ३ दिने बृहत महोत्सब हुने भएको छ । बागमती गाउँपालिकाको वडा नम्बर १ स्थित माझगाउँ बजारमा यहि माघ १, २ र ३ गते ३ दिने सम्झना महोत्सब हुने भएको छ ।
स्थानिय कला, संस्कृति र ब्यापार प्रबर्द्धन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यका मेलालाइ यसपटक देखि महोत्सबको रुपमा परिवर्तन गरिएको आयोजकले जनाएको छ ।
महोत्सबमा चर्चित गायक उर्गेन दोङ्ग, गायक दीपराज खत्री, आशाराम थिङ्ग, बिशालराज राई, जिबन दोङ्ग, करण बिष्ट, अनिल राई लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सबमा एकल नृत्य प्रतियोगिता, विभिन्न खानाका परिकारका स्टल लगायत रोटेपिङ्गको मज्जा लिन सकिने आयोजकले बताएको छ ।






