गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

माघ, पोखरा – गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भएका हुन् ।
बैठकमा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा संचालन गरेका थिए । धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित भएका हुन् ।
बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन गरेका थिए । सभामुखमा कांग्रेसबाट सरस्वती अर्याल तिवारीको उम्मेदारी दिएकी थिइन् ।