ल्होछारको अवसरमा चौंरीदेउरालीमा २२ फिट अग्लो बुद्धको मुर्ति उद्घाटन हुने

तामसालिङ खबर
२ माघ २०७९, सोमबार ०८:४३

माघ, काभ्रे (चौंरीदेउराली) – काभ्रेको चौंरीदेउराली गाउँपालिकाको आरुबोटमा निर्माण भएको २२ फिट अग्लो शाक्यमुनि बुद्धको मूर्ति उद्घाटन हुने भएको छ ।

यहि माघ ८ गते ‘धिनिम्हेन्दो तामाङ उत्थान समाज’को आयोजनामा हुने २८५९ सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा सो मूर्तिको उद्घाटन गरिने भएको हो ।

सो मूर्ति धिनिम्हेन्दो तामाङ उत्थान समाज ले २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा विविध कार्यक्रमका साथमा शिलान्यास गरिएको थियो । समाजको अध्यक्ष राजकुमार मोक्तानका अनुसार मूर्तिको उद्घाटन पूर्व मन्त्री तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ का सांसद गोकुल बाँस्कोटाले गर्ने भएको छ ।

कार्यक्रम २ दिने हुने आयोजकले जानकारी दिएको छ । सोही अनुसार माघ ७ गतेका दिन खेन रिन्पोर्चे मुनसेल दोर्जेले मुर्तिको प्राण प्रतिष्ठा र बौद्ध धर्म सम्बन्धी बिशेष प्रवचन दिने छ भने ८ गते, बिहान ८ बजे खेन रिन्पोर्चेबाट आयु अभिषेक प्रदान गरिनेछ । सोही दिन पूर्व मन्त्री बाँस्कोटाले मूर्ति उद्घाटन गरिने भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सांसद तथा पूर्व राज्य मन्त्री सूर्यमान दोङ (लालध्वज), पूर्व प्रदेश मनत्री तथा प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, प्रदेश सभा सदस्य सांसद तिर्थ लामा, पूर्व सांसद नविना लामा लगायतका नेताहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*