बागमती प्रदेशका उपसभामुख चापागाईद्वारा सपथ ग्रहण

तामसालिङ खबर
३ माघ २०७९, मंगलवार १३:१२

माघ, हेटौंडा – बागमती प्रदेशको उपसभामुख अप्सरा चापागाईले मंगलबार सपथ ग्रहण गर्नुभएको छ । उपसभामुख चापागाई प्रदेश सभा नियमावली २०७४ को नियम १० बमोजिम पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा सभामुख भुवनकुमार पाठकले उपसभामुख चापागाईलाई सपथ ग्रहण गराउनुभएको हो ।

चापागाईले ६१ मत प्राप्त गरी सभामुख पदमा बहुमतको आधारमा निर्वाचित हुनुभएको थियो । सपथ ग्रहणमा प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*