सोनाम ल्होछार साँस्कृतिक महोत्सबको तयारी तीव्र

तामसालिङ खबर
५ माघ २०७९, बिहीबार ०८:२७

माघ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा सोनाम ल्होछार साँस्कृतिक महोत्सबको तयारी तिब्र पारिएको छ ।

तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा यहि माघ ७ र ८ गते नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा हुने ल्होछार साँस्कृतिक महोत्सबको तयारी तिब्र पारिएको हो ।

तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै आएको घेदुङले यस बर्ष ‘सोनाम ल्होछार-२८५९ भव्य रुपले सफल पारौं, ग्रेन गे धिम (भवन) खरिद अभियानलाई पुरा गरौँ ।’ भन्ने अभियानलाई सार्थकता दिनको निम्ति जिल्ला घेदुङ र कलाकार संघ लगायत जिल्लाका विभिन्न संघ सस्थाको सहयोगमा महोत्सबको तयारी तिब्र पारिएको जिल्ला घेदुङका कार्यबाहक अध्यक्ष एवम् ल्होछार महोत्सबको संयोजक कालु घलानले बताउनु भयो ।

महोत्सबको उद्घाटन सत्र माघ ७ गते प्रदेश सभा सदस्य एवम् निबर्तमान सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा समापन सत्र दोस्रो दिन हेटौडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा हुने अर्को संयोजक एवम् कलाकार संघको अध्यक्ष धिरेन लामाले बताउनुभयो ।

महोत्सबमा तामाङ सांगीतिक क्षेत्रमा ख्याती प्राप्त गायक तथा संगीतकार टिका बम्जन, गायक लोकेन लामा, अशोक तामाङ्ग, अविराम मोक्तान, धिरेन लामा, अनराज मोक्तान, सुजना रुम्बा, बिमला थिङ्ग, साम्तेन मोक्तान, लगायत दुई दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त तामाङ कलाकारहरुको बेजोड प्रस्तुति रहने कलाकार ब्यबस्थापन समितिको संयोजक बिक्रम लुङ्गबाले बताउनु भयो । महोत्सब हेटौडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा हुनेछ।

दुई दिन सम्म चल्ने महोत्सबको आकर्षणहरुमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो (झाक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, मौलिक डम्फुरे गीत प्रस्तुति, तामाङ भेषभूषा र मौलिक खाना संगै अन्य खानाका स्टलहरु सहित भाग्यशाली उपहारको कार्यक्रम समेत रहने अर्को संयोजक एवम् कलाकार संघको अध्यक्ष धिरेन लामाले जानकारी दिनुभयो ।

त्यस्तै, कलाकार संघबाट हुने भाग्यशाली उपहार कार्यक्रम माघ ८ ल्होछारको मुख्य दिनमा हुने छ । उपहारमा प्रथम हुनेलाई ४३’ इन्चको टिभि, दित्तीयलाई फ्रिज, तृतीयलाई २५ लिटरको गिजर र सान्त्वना ५ जनालाई हिटर जग रहेको छ । उपहार कार्यक्रम मार्फत उठेको रकम संघको भवन निर्माणमा शुरुवात गर्न खर्च गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*