थाहाको पर्यटन प्रबर्द्धन गर्न खैरहनी महोत्सबमा फोटो प्रदर्शनी शुरु
माघ, चितवन – थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि चितवनको खैरहनीमा थाहा फोटो प्रदर्शनी शुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा माघ ४ गते देखि शुरु भएको १५ गते सम्म चल्ने बागमती प्रादेशिक एवम् दोश्रो खैरहनी महोत्सवको अवसरमा बिहिबार देखि थाहा नगर आसपासको फोटो प्रदर्शनीका लागि राखिएको हो ।
थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर उद्याेग वाणिज्य संघको ब्यवस्थापन र फरक सोचको समन्वयमा थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरपालिका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो उक्त महोत्सवमा प्रदर्शनीका लागि राखिएका छन् ।
बिहिबार करिब ५ सय जनाले थाहाको फोटो अवलाेकन गरेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिनुभयो ।आन्तरिक पर्यटकलाई आकर्षित गर्न तथा थाहाको समष्टिगत परिचय दिने उद्देश्यले उक्त महोत्सवमा फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरका मेयर बिष्णु बहादुर बिष्टले बताउनु भयो ।







