आत्मदाहको प्रयास गरेका आचार्यको मृत्यु
माघ, काठमाडौं – आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
इलामका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए ।
प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो ।






