चौघडामा आज हुने भनिएको ल्होछार कार्यक्रम स्थगित, अब माघ २८ गते हुने

माघ, हेटौडा – सोनाम ल्होछारको अवसरमा हेटौडा उपमनगरपालिका वडा नम्बर ६ स्थित चौघडामा आज हुने भनिएको ल्होछार बिशेष सांस्कृतिक कार्यक्रम स्थगित भएको छ ।
ल्होछार आयोजक समितिको धर्म गुरु नरबहादुर लामाको माइला छोरा शंकररत्न तितुङको यहि माघ १३ गते मनहरी ६ नयाँ बस्तिमा मोटरसाइकल दुर्घटनामा निधन भएको कारण यस दुखद घडीमा कुनैपनि रमाइलो कार्यक्रम गर्न नसकिने भएकोले स्थगित गरिएको आयोजक समितिको संयोजक गंगा लामाले बताउनु भयो।
सबै तयारी भैसकेको थियो, दुखद घटनाको कारण सार्न बाध्य भयौ कार्यक्रम अब यहि माघ २८ गते शनिबार गर्ने भएका छौ । संयोजक लामाले बताउनुभयो ।
तामाङ समुदायको राष्ट्रिय पर्व मन्जुश्री सम्वत् २८५९ ह्योई/तावर ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अबसरमा अब यहि माघ २८ गते शनिबार हेटौडाको चौघडास्थित रोहिणी हाउजिङमा हुने भएको छ ।
ल्होछार सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय तामाङ कलाकारहरु गायक तथा संगीतकार प्रकाश तितुङ, गायिका रेश्मा बम्जन, अशोक तामाङ, प्रतिमा अर्याल, बिमला थिङ, अश्मिता रुम्बा, अर्पण थिङ, अनराज तामाङ, शोयल लामा, साम्तेन मोक्तान, गंगा लामा, सुमन मोक्तान लगायतको सांगीतिक प्रस्तुति रहने छ ।
त्यस्तै, डम्फुरे समुहबाट आत्माराम मोक्तान, सुरेश लामा, लक्षमण तितुङ, मोडेल तथा नृत्य निर्देशक हेरुका लामा, हास्यकलाकार एमजी तामाङ लगायतको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ।