कुलेखानीको टोड्के चौरमा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम हुने

तामसालिङ खबर
१६ माघ २०७९, सोमबार १०:००

माघ, हेटौडा (कुलेखानी) – मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका स्थित कुलेखानीको टोड्के चौरमा ल्होछार बिशेष बृहत कार्यक्रम हुने भएको छ ।

तामाङ समुदायको राष्ट्रिय पर्ब २८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ग) को अबसरमा कुलेखानी तामाङ समाजको आयोजनामा यही माघ २८ गते शनिबार ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम गर्ने भएको हो ।

स्थानीय पर्यटन प्रबर्द्धनको लागि सास्कृतिक पर्ब ल्होछारलाई आ आफ्नो घर-आगनमा मनाउने उदेश्यले कार्यक्रमको तय भएकोले सास्कृतिक नाचगान संगै लामा गुरुबाट पुजा कार्यक्रम समेत रहेको समाजका अध्यक्ष तथा ल्होछार कार्यक्रमको संयोजक बिरेन गोले तामाङ्ले बताउनुभयो । माघ महिना भरिनै हुने यस्ता ल्होछार कार्यक्रमले गाउँ ठाउमा चेतना जागरण ल्याउने समेत बताउनु भयो।

ल्होछार सास्कृतिक कार्यक्रम सफल बनाउन यस पटक गायक तथा संगीतकार सन्जिब वाइबा, गायिका निर्मला घिसिङ, प्रकाश तितुङ, अशोक तामाङ र रबिन्द्र लामा लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । सास्कृतिक कार्यक्रम इन्द्रसरोबर २ कुलेखानीको टोड्के चौरमा हुने भएको छ ।

इन्द्रसरोबर गाउँपालिकाको मुख्य सहयोगमा हुने ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाकी प्रदर्शनी हुने छ । समाजको यो ल्होछार सम्बन्धिको सास्कृतिक कार्यक्रम पाचौ पटक हो ।

कार्यक्रममा पालिकाको ५ वडा बाटै नृत्य प्रस्तुतिको लागि टिम सहभागी हुने छ भने झाक्री (बोन्पो), लामा, ताम्बा, गान्बा, तामाङ भेषभुषा, डम्फुरे टिमको सहभागिता रहने छ। कार्यक्रम अबधिभर मौलिक खानाका परिकार सहित अन्य खानाको स्टल, तामाङ मौलिक भेषभुषा स्टल
रहने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*