राक्सिराङको ठुलोटोड्केमा ल्होछार सास्कृतिक कार्यक्रम हुने

माघ, हेटौडा (राक्सिराङ) – कार्साङ छ्योइलिङ गुम्बाको मुख्य आयोजनामा राक्सिराङको ठुलो टोड्केमा ल्होछार सास्कृतिक कार्यक्रम हुने भएको छ ।
तामाङ समुदायको राष्ट्रिय २८५९ ह्योई/तावर ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा यहि माघ २० गते राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित ठुलोटोड्के जापराङमा ल्होछार बिशेष सास्कृतिक कार्यक्रम सहित बुद्धको मुर्ति शिलान्यास समारोह रहेको आयोजकले जनाएको छ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती प्राप्त चर्चित तामाङ कलाकारहरु गायक तथा संगीतकार प्रकाश तितुङ्ग, गायिका रेश्मा बम्जन, पुजा तामाङ, गायिका सुजना रुम्बा, ईन्कार लोप्चन, दिपक मुक्तान, प्रकाश तामाङ, बालिका तामाङ लगायत सांगीतिक प्रस्तुति रहने छ।
त्यस्तै, कार्यक्रम अबधिभर मोडल वर्षा थिङ, आस्था कला केन्द्रको नृत्य प्रस्तुतिहरु, जेष्ठ नागरिक सम्मान कार्यक्रम, र्याली झाँकी समेत रहेको आयोजकले बताएको छ ।